बैंकिङ समूह उकालाे लाग्दा २६.५३ अंकले बढ्याे सेयर बजार

काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजार २६.५३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ । आज कारोबारमा आएका १८५ कम्पनीको मूल्य बढ्दा ६३ को घटेकाे छ। कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशत बढेका छन्।

यता एउटा समूह उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेकाे छ। विन्ध्यबासिनी हाइड्रोपावरको ८.९७, ग्रिन भेन्चर्सको ६.९५, त्रिशुली जलविद्युत् कम्पनीको ५.९२ प्रतिशत बढेका छन्। ।

यता जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत घटेकाे छ।

आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, बुटवल पावर, युनियन हाइड्रोपावर, ङादी ग्रुप तथा राधि विद्युत् क्रमशः अगाडि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here