प्रभु साहले च्याते निजामती सेवा विधेयकको प्रतिवेदन

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेकोले आफू साक्षी रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्यातेका हुन्।

‘अब गरिबले लोकसेवा दिन नपाउने ?’ कित भन्नुपर्‍यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन, पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’उनले प्रश्न गरे ।

‘नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ । सांसदहरूलाई पनि नबन्नुहोस् भनेर आग्रह गर्न चाहन्छु’ उनले थपे

बैठक बहिष्कार गर्ने जानकारी गराउँदै निजामती विधेयकको प्रति च्यातेर रोष्ट्रमबाट हिँडेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here