आगो निभाउन पुगेका अग्निनियन्त्रक टोलीमाथि अन्धाधुन्ध गोली प्रहार, दुईकाे मृत्यु

अमेरिकामा आगो निभाउन पुगेका अग्निनियन्त्रक टोलीमाथि अन्धाधुन्ध गोली चलेको छ।

अमेरिकाको इदाहोको क्यानफिल्ड पहाडमा आइतबार स्थानीय समयअनुसार साढे १ बजे क्यानफिल्ड पहाडको जंगलमा लागेको आगो निभाउन पुगेका टोलीमाथि अज्ञात समूहले गोली चलाएको हो। गोली लागेर दुई जना अग्निनियन्त्रकको मृत्यु भएको सिएनएनले जनाएको छ। सिएनएनका अनुसार एक जना गम्भीर घाइते भएका छन्। अहिले हेलिकप्टरबाट आक्रमणकारी खोज्ने प्रयास भइरहेको छ।

साथै अहिले ठूलो संख्यामा सशस्त्र टोली र एफबिआइको टोली घटनास्थलमा परिचालन गरिएको छ।

गोली चलाउने समूहमा तीन/चार जना स्नाइपर हतियारधारी रहेको अनुमान गरिएको छ।

उक्त स्थान हाइकिङका लागि प्रख्यात गन्तव्य भएकाले त्यहाँ रहेका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here