नेप्से परिसुचक बढ्दा घट्याे काराेबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ ।

अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३८ करोडकाे काराेबार भएको हाे । आज कुल १४५ कम्पनीको मूल्य बढ्दा १०३ को घटेका छन् ।

साेमबार उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढेकाे छ। त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.६१, तथा व्यापार ०.७२ प्रतिशत बढेका छन्।

त्यस्तै फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.०३, हाइड्रोपावर ०.२८ र अन्य ०.३६ प्रतिशत घटेका छन् ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य करिब १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ९.८०, विन नेपाल लघुवित्तको ९.१६, सिन्धु विकास बैंकको ७.८१, सप्तकोशी विकास बैंकको ७.२१ प्रतिशत मूल्य बढ्यो ।

यता पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.९२ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here