सुमनाले भनिन् ‘शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा उनले यस्ताे बताएकी हुन् । सांसद श्रेष्ठले विधेयक संसदमा पेस गर्न रोकेर समितिलाई दोषी नदेखाउन खोजिएको आरोप लगाइन् ।

सोमबार शिक्षक पदपूर्तिको कोटामा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल निष्कर्षविहीन टुङ्गिएकाे।
महासंघसँग सहमति गरेर समितिबाट पास गराइ प्रतिनिधि सभामा पेश गर्ने तयारी भएकोमा विधेयक समितिमै अड्काउन खोजिएको भन्दै सांसद श्रेष्ठले शिक्षकहरुलाई दलीय स्वार्थ र भोट बैंक बनाउन खोजिएको आरोप लगाइन् ।

सांसदले कानून बनाउने हो, इन्ट्रेस्ट ग्रुपले बनाउने होइन’ उनले भनिन्। शिक्षक महासंघले समेत शिक्षकहरुका एजेन्डा छाड्दै मुद्दालाई कमजोर बनाएको उनको तर्क थियो । समितिलाई दोष दिने प्रपन्च भएको भन्दै विधेयक होल्ड गरेर ‘पोलिटिकल गेम’ नखेल्न आग्रह गरिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here