चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खसेपछि पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

पहिरो खसेको ठाउँमा बाटो खुलाउन पहल गरिरहेको प्रहरीले जनाएको छ ।