वुमन्स एसियन कप २०२६ छनोट: नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपालले श्रीलंका सँग भिड्नेछ। खेल साँझ सवा ६ बजे सुरु हुने छ।

छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो। सावित्रा भण्डारी साम्बाकाे कप्तानीमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको थियो।

नेपालका लागि कप्तान साम्बाले पाँच गोल गरेकी थिइन्। पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०-० गोललेको हार ब्यहोरेको थियो।

सन् २०१० यता नेपाल र श्रीलंकाबीच ८ खेल भएकाेमा आठै खेलमा नेपाल विजयी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here