जनकपुरमा ज्वाइँले गरे ससुराकाे हत्या

काठमाडौं । जनकपुरमा ज्वाइँले ससुराकाे हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद विमलको उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।

ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका उनलाई प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान गरिरहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here