काठमाडौं । बुधबार पनि सेयर बजार उकालाे लागेकाे छ। आज सेयर बजारका सबै सूचक बढेका छन् ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंकले बढेकाे छ । सो वृद्धिपछि २६९४ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हाे। जसमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै ४ अर्ब ५६ करोडको भएको छ ।
१८२ कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने एउटाको स्थिर रहेकाे छ। ।
आज जीवन बीमा समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेकाे छ। त्यस्तै निर्जीवन बीमा २.५१, बैंकिङ १.३६, विकास बैंक २.३१, फाइनान्स १.९९, होटल तथा पर्यटन ०.७१, हाइड्रोपावर ०.४७, लगानी १.०१, उत्पादन तथा प्रशोधन ०.६९, माइक्रोफाइनान्स ०.५६, अन्य ०.९१ तथा व्यापार समूह १.७६ प्रतिशत बढेका छन्।
ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ९.८२, गुराँस लघुवित्तको ९.१५, सिन्धु विकास बैंकको ८.९२, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत मूल्य बढेका छन्। नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.३१ प्रतिशत घट्यो ।