मोटरसाइकलको ठक्करबाट एक वृद्धकाे मृत्यु

काठमाडौं । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

गतराति ८ बजे काठमाडौं महानगरपालिका-८ लामबगरस्थित मनमैजु पेट्रोल पम्पअगाडि सडक खण्डमा शेषमतीबाट शिवमन्दिरतर्फ जाँदै गरेको बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले वृद्धलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट काठमाडौंकाे तारकेश्वर नगरपालिका बस्ने ७१ वर्षीय कुलबहादुर आचार्य गम्भीर घाइेत भएका थिए।

उनकाे टाउको र दुवै खुट्टामा चोट लागेकाेमा ग्राान्डी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा राति उनाे मृत्युु भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here