काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश खेमराज भट्टराईको इजलासले यस्ताे आदेश जारी गरेको हो।
बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।
उनी बिरुद्ध साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाेमा बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् ।
युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।