काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
सिंगापुरले ११४ रनको लक्ष्य दिएकाेमा नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि जोय थापाले अविजित २४ रन र शिवांश बजगाइले २० रन बनाए ।
शुभम १६ रनमा आउट भए । त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।