काठमाडौं । अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको बाढीमा २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।
टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको भारी वर्षा हुँदा आएको बाढीका कारण टेक्सासका सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद् भएको छ ।कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।
बाढीका कारण बेपत्ता भएकाहरु नभेटिएसम्म उद्धार कार्य जारी छ। शुक्रबार रातिसम्म २३७ जना भन्दा बढीको उद्धार गरिएको छ । अधिकांशलाई हेलिकोप्टरको सहायताले उद्धार गरिएको हाे।
बाढीका कारण ग्वाडालुपे नदी किनारमा अवस्थित छात्रा आवास क्रिस्चियन समर क्याम्पका २३ देखि २५ जना हराइरहेका छन् ।
टेक्सासका अधिकारीहरुका अनुसार कर काउन्टीमा १४ वटा हेलिकोप्टर, १२ वटा ड्रोन र ५०० भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार कार्य चलिरहेको छ ।