मस्कले खोले नयाँ पार्टी, रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने दाबी

काठमाडौं । अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेकाे सोसल मिडिया प्लेटफर्म एक्समार्फत् जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएलगत्तै नयाँ पार्टी खाेलेका हुन्।

मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने बताएका छन् ।

सन् २०२४ को निर्वाचनमा मस्क ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएका थिए ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौती सम्बन्धी कार्यदक्षता विभाग (डीओजीई) को प्रमुख पदमा नियुक्त भएका उनकाे पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए ।