काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा ज्वाइँले एउटै परिवारका चार जनाको हत्या गरेका छन्। ज्वाइँले सासू ससुरासहित चार जनाको हत्या गरेका हुन्।
प्रहरीका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको छ।
हत्या भएकोमा ससुरा बेलबहादुर, सासु मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जना रहेका छन्। राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि आफैले प्रहरीलाई फोन गरेका थिए।
घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई अहिले उपचारका लागि लगिएको छ ।

























