काठमाडौं,८ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ ।
यो एक्टिभेसन कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते शुक्रबार र लविम महलमा कर्तिक ९ गने शनिबार १० बजे देखि ५ बजे सम्म हुन गईरहेका छ ।
यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसँग अन्तक्रिया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ ।
सेलपेको सेवा मोबाइल एप्लिकेशन तथा वेबमार्फत लिन सकिन्छ । विनावालेट कारोबार, तत्काल भुक्तानी, प्रयोगमा सरल, थोरै सेवा शुल्क र कारोबारबापत लोयाल्टी पोइन्ट्स यसका विशेषता भएको सेलपेको भनाइ छ ।
टेलिफोन, बिजुली, खानेपानी, टिभी, इन्टरनेट, रेस्टुराँको बिल लगायत भुक्तानी तथा बैंकबाट बैंकमा रकम स्थानान्तरण र स्वदेशभित्र मनी ट्रान्सफर लगायतमा सेलपे उपयोगी हुने दाबी कम्पनीको छ ।
सेलपेका अन्य विशेषताहरु
– बिना वालेट कारोबार गर्न सकिने
– वास्तविक समयमा भुक्तानी २४सै घण्टा उपलव्ध
– चलाउनका लागि सरल र सहज
– सुरक्षित
– न्युन सेवा शुल्क
– कारोबार गरे वापत लोयाल्टी पोइन्टस
सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर पी२पी, पी२बी, बी२पी, बी२पी, बी२बी लगायत काम तत्कालै गर्न सकिछ ।





















