काठमाडौं । लगाताार ६ दिन उकालाे लागेकाे सेयर बजार सोमबार घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६८४ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि ओरालो लागेको छ। अघिल्लो दिन ९ अर्ब ५० करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडमा झरेकाे हाे ।
साेमबार ३९ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो । आज फाइनान्स समूह सबैभन्दा धेरै ३.७६ प्रतिशत घटेकाे छ। त्यस्तै बैंकिङ ०.७९, विकास बैंक ०.८१, हाइड्रोपावर १.०२, लगानी ०.७६, जीवन बीमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.६६, अन्य ०.१५ तथा व्यापार १.२५ प्रतिशत घटेका छन् । यता होटल तथा पर्यटन समूह ०.६१ प्रतिशत बढेकाे छ।
माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२८, भगवती हाइड्रोपावरको ४.०६, सिन्धु विकास बैंकको ३.७४, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशत बढ्यो ।
यता राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेकाे छ। त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.४९, नेपाल फाइनान्सको ५.३९, समृद्धि फाइनान्सको ४.५९ प्रतिशत घटेका छन्।























