काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको हाे ।
त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ ।
त्यस्तै ६० मेगावाट क्षमताको त्रिशुली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशुली ३ बी सबस्टेसनलाई हिलोले छोपेकोले आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।






















