काठमाडौं। रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा बाढीले बगाएर बेपत्ता भएका १८ जनाको पहिचान खुलेको हाे।
इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन जना प्रहरी पनि वेपत्ता छन । बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
त्यस्तै चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्। त्यस्तै तीन जना गाडी चालक समेत छन्।
बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्।
लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।





















