रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले ५० जनाको उद्धार गरिएको जानकारी दिएकाे छ ।

उद्धार गरिएको १ जना चिनियाँ नागरिक सहित ४ महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here