काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न जाने भएका छन् ।
सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् ।
दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो ।






















