काठमाडौं । म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको । पहिराेमा एक जना बालक बेपत्ता भएका छन् ।
बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज बेपत्ता भएका हुन्।
दिउँसो १२ बजेतिर घरनजिकैको पाखो बारीमा घाँस काट्न गर्न गएका बाबुछोरा पहिरोमा परेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ ।
गएराति १० बजेदेखिको वर्षाले गएराति १० बजेदेखिको वर्षाले पहिरो खसेको उनले बताए ।

























