सेयर बजार २७ सय माथि

काठमाडौं । बुधबार सेयर बजार २७ सय अंक माथि पुगेकाे छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.०४ अंक बढेर २७०५ मा पुगेको छ ।

आज कारोबारमा आएका १९९ कम्पनीको मूल्य बढ्दा ४९ को घटेका छन्। बुधबार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भएकाे हाे।

बैंकिङ समूह सबैभन्दा धेरै १.६८ प्रतिशत बढेकाे छ। त्यस्तै विकास बैंक ०.३४, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५४, लगानी १.३७, जीवन बीमा ०.२४, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.२४, अन्य ०.३० तथा व्यापार ०.३४ प्रतिशत बढेका छन् ।

आज फाइनान्स समूह ०.३८ प्रतिशत घटेकाे छ। त्यस्तै बरुण हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.२१ प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ४.२८, एनआईसी एसिया बैंकको ३.९३, सीईडीबी होल्डिङ्सको ३.८८, न्यादी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढेकाे
हाे।

ग्रिन डेभलपमेन्ट बैंकको ४.४१ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here