काठमाडौं । काठमाडौंको तीनथानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार बिहान ३:४० बजे थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएपछि अनियन्त्रित भइ विपरीत दिशाबाट आउँदै गरेको बा प्र. ०२-०४२ प ९८२२ नम्बरको स्कुटरसँग ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोटका अन्दाजी ३४ वर्षका रोशन ढकाल गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि शहिद मेमोरियल असप्तालमा पुर्याइएकोमा बिहान ४ बजे चिकित्सकले मृत घोषणा गरेको थियो।
दुर्घटनामा स्कुटरमा सवार धादिङको धुनिवेशी नगरपालिका-९ का २५ वर्षीय विवेक केसी घाइते भएका छन्।

























