काठमाडौं । ग्लोबल आइएमई बैंक लि.कोष प्रवद्र्धक तथा ग्लोबल आइमई क्यापिटल लि. योजना व्यवस्थापक रहि ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को विक्री बन्द गरिने भएको छ। याेजनाकाे प्रति इकाई अंकित मूल्य रु.१०।– दरको १२,००,००,००० (बाह्र करोड) इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६,००,००,००० (छ करोड) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम् १५ (पन्ध्र) प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि.लाई १.५ प्रतिशत अर्थात १८,००,००० (अठार लाख मात्र) इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंक लि.को लागि १३.५० प्रतिशत अर्थात १,६२,००,००० (एक करोड बैसठ्ठी लाख मात्र) इकाई बीज पूँजीको रुपमा राखी बाँकि १०,२०,००,००० (दश करोड बीस लाख मात्र) इकार्ईहरु मिति २०८२ आषाढ २२ गते आइतबारदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियाे। सर्वसाधारण आवेदकहरुबाट माग भन्दा बढी इकाईको लागि आवेदन प्राप्त हुन आएकोले मिति २०८२/०३/२७ गते (बैंकिङ्ग समय) पश्चात् सो इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गर्न लागेकाे हाे।
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई निष्कासन खुल्ला हुने अन्तिम दिन मिति २०८२/०३/२७ गते बैंकिङ्क समय सम्म आवेदन गर्न सकिने भएकोले सो समयसम्म माग भन्दा बढी थप २५% इकाइको लागि आवेदन प्राप्त भई योजनाको आकार रु.१,५०,००,००,०००।०० (अक्षरेपी एक अर्ब पचास करोड) पुग्ने र ओभर सब्सक्राइब हुने पूर्ण विश्वास कम्पनिकाे छ। यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने नियामक निकायहरु, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सञ्चार माध्यमहरु तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद दिएकाे छ।



















