बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा जाने

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।

साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने सहमति भएको हाे।

यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमल हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here