काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्नुपर्ने बताएका छन् ।
शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तेो बताएका हुने । प्रधानमन्त्री ओलीले भने ‘प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुन्छ, ‘मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइन’ उनले भने, ‘यति साह्रो व्यस्त हुनुपनि भएन ।’
ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भन्दै उचित समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे ।
विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे । ‘जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन, हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ,’ उनले भने ।
उनले शक्तिशाली राष्ट्रहरूतर्फ संकेत गर्दै आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरूले त्यो धन्दा छाड्नुपर्ने बताए । सन्ताले डाँडाकाढा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।





















