मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य निर्धारण गरेको छ । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले आज प्रस्तुत गरेको मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा कायम राख्ने बताएका हुन्। उनले कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति सुनिश्चित गर्ने लक्ष्य राखेको बताए ।

नेपाल सरकारको बजेट वक्तव्यले ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापनमा जोड दिइएको छ।

नीतिमा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here