सेयर बजार र घर जग्गा कारोबारलाई खुशी पार्ने मौद्रिक नीति

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आफ्नु कार्यकालको पहिलो मौद्रिक नीति ल्याएका छन् । उनले ल्याएकाे मौद्रिक नीतिले विशेषम गरि सेयर बजार र घर जग्गा कारोबारलाई केन्द्रमा राखेको देखिन्छ ।

सेयर धितो कर्जाको व्यक्ति सीमालाई १५ करोडबाट २५ करोड रुपैयाँ पुर्याएकाे छ। यसले सेयर बजारका लगानीकर्ताहरुमा निकै उत्साह थप्ने देखिन्छ । त्यस्तै निजी घरको कर्जा सिमा २ करोडबाट बढाएर ३ करोड कायम गरिदिएका छन् । पहिलो घर खरिद गर्नेलाई ८० प्रतिशतसम्मको ऋण सुबिधा उपलब्ध गराउने भएको छ। । त्यस बाहेक घरजग्गा कारोबारीले पनि धितोको ७० प्रतिशतसम्म कर्जा पाउनेछन् ।

मौद्रिक नीतिले पुँजी कोषको दबावमा रहेका संस्थाहरुलाई राष्ट्र बैंकको स्वीकृतिमा पुँजी बढाउन सक्ने सुबिधा पनि दिएका छन् । यसले आधा दर्जन भन्दा बढी बैंकहरु लाभाम्बित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here