काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन्।
शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किने क्रममा उनले सञ्चारकर्मीहरुसँग कुराकानीमा रविमाथि ज्यादती भएको बताएका हुन्।
खनालले भने ‘लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर आफूले सक्दिन तर यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महशुस भएको छ,’ उनले भने।
