इजरायलीकाे आक्रमणमा परि गाजामा मारिए ११० जना प्यालेस्टिनी

काठमाडौं । इजरायली सेनाको आक्रमणमा परि गाजामा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ) को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दक्षिणी गाजास्थित नासेर अस्पतालले दिएको जानकारी अनुसार शनिबार खाना लिन राहत केन्द्र पुगेका प्यालेस्टिनी सर्वसाधारणको इजरायली सेनाले चलाएको गोली लागी मृत्यु भएको हो ।

यता, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले भने आफ्नोतर्फबाट चलेको गालीबाट कसैलाई चोटपटक पनि नलागेको जिकिर गरेको छ ।

तर अर्का इजरायली सैनिक अधिकारीले भने, ‘सेनालाई नै खतरा हुने भएपछि हामीले मानिसहरूलाई हटाउन चेतावनी स्वरूप गोली चलाएकाे बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here