काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ उनले भनिन् ।
साथै स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भन्दै कटाक्ष्य गरिन्। उनले भनिन् बिचौलियाहरू किन डराइरहेका छैनन् ? ‘सबैभन्दा दुखको कुरा चाहीँ– सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न संकोच । कसको अकरमन्यताले गर्दा यस्तो आट मानव तस्कर र स्मग्लरहरूमा पलाएको हो ?,’ सुमनाले प्रश्न राखिन्, ‘सदनको गरिमा त निलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला सभामुख महादय । देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’
उनले २०७८ साल फागुनमा बनेको भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदनमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह–सचिवहरूको जम्बो टोली रहेको समेत बताइन्।
उक्त प्रतिवेदनले गृहमन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको छ, उनले भनिन् कोभिड पछिको समयमा दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली परेपछि गठित उक्त कार्यदल र अहिलेको कार्य दलमा केहि फरक रहेन्।
साथै मानव तस्करीको जालो ठुलो रहेको उल्लेख गर्दै उनले उच्चस्तरीय छानबिन न्यायिक आयोग बन्नुपर्ने बताइन् ।

























