प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएकोमा माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here