काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो । यता श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ र दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको हाे।
प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।























