चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।
दुर्घटनामा ट्रक चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुरको सरकारी अस्पतालमा उपचार भैरहेको छ ।
गत वर्ष असार २८ गते दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता छन् । दुई बसमा ६२ जना यात्रु रहेकामा तीन जना पौडिएर बाँचेका थिए भने २० जनाको शव भेटिएको थियो ।






















