नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निःशुल्क घुम्ने अवसर

काठमाण्डौं ९, कात्तिक । दोस्रो बजारमा सेयर कारोबार कसरी हुन्छ । एउटाले बेचेको सेयर अर्कोले कसरी पाउँछ । अनलाइनबाट हुने सेयर कारोबारबारे जानकारी लिन, विगत देखि वर्तमानसम्मको सेयर बजारको विकासक्रम, धितोपत्र बजारमा भित्रिएका आधुनिक प्रविधिलगायत बारेमा आफ्नै आँखाले हेर्न चाहुनु भएको छ ।

त्यसो हो भने तपाईको इच्छा निःशुल्क पुरा हुने भएको छ । किनकी नेप्सेले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्न लागेको छ ।

पुँजीबजारमा आर्थिक सचेतना अभिवृद्धि होस भन्ने अभिप्रायले नेप्सेले स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई निःशुल्क भ्रमण गराउने बताएको छ ।

यसकालागि सम्बन्धीत संस्थाले मिति, समय र संख्या तोकेर नेप्सेको ठेगानामा पठाउन आग्रह गरेको छ ।

सो अवसरमा नेप्सेले सेयर कारोबारको विधि, प्रक्रिया लगायत आधुनिक प्रविधिबारे सम्पूर्ण जानकारी दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here