३४.६१ अंकले बढ्याे नेप्से,१४ अर्ब ३ करोड ४८ लाख काराेबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेकाे छ। कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा ३४.६१ अंकले बढ्दै २७ सय ९४ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय ३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार बढी कित्ता सेयर ९९ हजार ५ सय ५ पटक किनबेच हुँदा कारोबार रकम १४ अर्ब ३ करोड ४८ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ५५ कम्पनीको सेयरमूल्य घट्दा १ सय ९३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज उकालो लागेका कम्पनीहरुमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लागेका छन् । त्यसमध्ये पनि आज विकास बैंक समुहको परिसुचक सबैभन्दा बढी अर्थात ३ प्रतिशतले उकालो लागेको छ । आज लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समुहको परिसुचकमा समान २ प्रतिशतको वृद्धि देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here