काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी, (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको समर्थन फिर्ता लिएको हो ।
बुधबार बसेको संसदीय दल बैठकले आज समर्थन फिर्ताको निर्णय गरेकाे हाे । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिएसँगै सत्ता साझेदार दल संख्या अब ६ वटामा झरेको छ ।
गत वर्ष ३१ असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जनाले समर्थन दिएका थियो ।


























