काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो ।
नेपालले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ३ गोल गरेकाे हाे ।
नेपालका लागि समिक्षा मगरले २ गोल, पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक-एक गोल गरे । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।
जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ ।
बंगलादेशले बेलुका भुटानसँग खेल्नेछ ।

























