उपराष्ट्रपतिको तिहार पुख्र्यौली घरमा

फाइल तस्वीर

रोल्पा, ९ कात्तिक । तिहार मनाउन उपराष्ट्रपति नन्दबहादुर पुन पुख्र्यौली घर पुगेका छन् । उनी परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँका स्थानिय हुन् ।
गाउँ छाडेर शहर पसेका धेरैले चाडबाडमा ग्रामिण भेगलाई माया मारिरहेको सन्दर्भमा उपराष्ट्रपतिको पुख्र्यौली आगमनले ठूलो अर्थ राख्छ ।

उनी पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका थिए । दोस्रो कार्यकालमा भने पहिलो पटक घर गएका हुन् । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ ।

उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा समेत सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।

स्थानीय सरकार गठनपछि पहिलोपटक गृह क्षेत्रमा आएका उपराष्ट्रपतिलाई स्थानीयले झाँकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here