काठमाडौं । गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
एसएसपीमा बढुवा सिफारिस भएका एसपीहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत तुलबहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय कोशीमा कार्यरत रामेश सिंह, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत राजिव बहादुर बस्नेत नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत कमल थापा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रविण भण्डारी छन् । त्यस्तै नेपाल प्रहरी अपराध अनुसन्धान शाखा, काठमाडौंमा कार्यरत रामेशराम थापा, नेपाल प्रहरी सेवा प्रशासन शाखामा कार्यरत अनिलप्रसाद उप्रेती, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत विपिन पौडेल, नेपाल प्रहरी कार्यालय सामाखुसीमा कार्यरत दयानीधि बास्तोला छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत सिद्धराज शाही र जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत केदार खनाल रहेका छन् ।


























