काठमाडौं । सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंकले बढेर २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन २८९४ अंकमा थियो ।
आज कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भएकाे हाे।
आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ को घट्यो । साेमबार माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो । त्यस्तै बैंक ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढेका छन्।
आज १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन् । उन्नति सहकार्य लघुवित्तको ९.४०, फस्र्ट माइक्रोफाइनान्सको ८.९९ प्रतिशत मूल्य बढ्यो ।
यता तीन कम्पनीको मूल्य १० प्रतिशत घटेका छन्। १० प्रतिशत घटेका कम्पनीमा ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । सिन्धु विकास बैंकको मूल्य ६.३६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक रहे ।
























