‘च्यासलतिर आजीवन मरणोपरात्न भइराख्नु भनेर आरती उतारिदैछ’:भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको अधिव्यक्तिप्रति कटाक्ष गरेका छन् । उनले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्त्ररणको बहसको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व छाड्दिन भन्दा पनि दोस्रो तहका नेताहरुले प्रतिवाद गर्न नसकेको भन्दै कटाक्ष गरेका हुन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सीज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको बहस उठाउँदा पनि सुनुवाई नभएकोमा असन्तुष्टि ब्यक्त गरे ।

उनले भने, ‘हाम्रो आन्दोलनको नेतृत्व अझै के भन्छ भने, अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नु, अर्कोले लजाइलजाइ बीसै वर्ष त होइन, १०–१५ वर्ष चैं मैले अरुलाई तयार गर्छु तर छोड्दिन्छु ।’एउटा जमात यस्तो च्यालेन्ज गर्दैछ, अर्को जमात आजै त्यता च्यासलतिर १० वर्ष, २० होइन, तिमी आजीवन मरणोपरात्न भइराख्नु भनेर आरती उतार्दैछ, यो कस्तो विरोधाभास हो’,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here