भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेकाे निर्णय

फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारा ८ र ९ देखाउँदै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।

उनको उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गरेका थिए । उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here