काठमाडौं । रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । मंगलबार राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर भेरी नदीमा खसेको हो ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।
बेपत्ताको रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालनले खाेजि गर्दै छ।























