उकालाे यात्रामा सेयर बजार, नेप्से परिसूचक २९८०अंकमा

काठमाडौं। विगत ६ कारोबार दिनदेखि बढेकाे नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज पनि उकालो लागेकाे छ। आज बुधबार बजार ५.१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९८० अंकमा पुगेको छ । आज दिनभर बजार बढी उतारचढावपूर्ण रह्यो ।

आज कुल ३ सय १९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार नाघेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ५२ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ९८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ७ समुहको परिसुचक बढेको नेप्सेले जानकारी दिएको छ ।आज फाइनान्स समूह सबैभन्दा धेरै ३.२३ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, अन्य १.४४ र व्यापार ०.३१ प्रतिशत बढे ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१० प्रतिशत घट्यो । बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here