अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, लोडसेडिङको चपेटामा शहर

क्यालिफोर्निया, १० कात्तिक । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा फैलिएको आगोले स्थानीय प्रशासनलाई सताएको छ । आगो नियन्त्रणमा लिन लगातार प्रयास भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

तर, जंगलमा आगो फैलिएपछि क्यालिफोर्नियामा भने लोडसेडिङ शुरु भएको छ । जसका कारण लाखौं मानिस प्रभावित भएको संचारमाध्यमहरुले लेखेका छन् । जंगलमा फैलिएको आगोसँगै तिब्र गतिमा वायु समेत बहने पूर्वानुमान गरिएको छ । सोहीकारण विद्यूत कटौटि गरिएको हो ।

यसले आम मानिसहरुको जीवनशैली नराम्ररी प्रभावित भएको हो । हावाले आगो फैलाउन सक्ने र अन्य क्षेत्रमा समेत आगोले प्रभावित बनाउन सक्ने भन्दै
विद्यूत आपूर्ति बन्द गरिएको हो ।

जंगलमा आगो फैलिएपछि करीव ५० हजार मानिसलाई घर बाहिर सुरक्षित स्थानमा सारिएको छ । लस एन्जल्स र सोनोमा काउन्टीमा आपतकालिन स्थिति घोषणा गरिएको छ । क्यालिफोर्नियाको दमकल विभागले यो आगोलागी गम्भीर प्रकृतिको रहेको बताएको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here