भक्तपुरमा दुई दिदीबहिनी मृत फेला

काठमाडौं । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । दुई दिदिबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here