‘निर्यातमा इतिहासकै उच्च विन्दु हासिल’:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१ \२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । उनले आव २०८१र२०८२ मा नेपालले रु२ खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् ।

आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेकोमा यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको उनले बताए ।

ुदुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here