८ दिनदेखि लगातार उकालो यात्रामा नेप्से

काठमाडौं । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यसै सिलसिलामा बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३ दशमलव७६ अंक बढेको छ । यससँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ ।

आज कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोडको भएको हो । १२३ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो । आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २ प्रतिशत बढ्यो । विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ तथा व्यापार ०.२८ प्रतिशत बढे ।

बैंकिङ ०.६१, फाइनान्स ०.७६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.०९ प्रतिशत घटे । यस दिन हाइड्रोपावर समूहको मात्रै ८ अर्ब ४० करोडको कारोबार भयो ।

बैंकिङ समूहको १ अर्ब ३२ करोड, विकास बैंकको १ अर्ब ८५ करोड, माइक्रोफाइनान्सको १ अर्ब ७९ करोड तथा अन्य समूहको १ अर्ब ९ करोडको कारोबार भयो । बाँकी समूहको कारोबार रकम १ अर्बभन्दा न्यून रह्यो । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर छन् । त्यस्तै हिमालयन हाइड्रोपावरको ८ दशमलव ४१ तथा मायाखोलाको ७।४ प्रतिशत मूल्य बढ्यो । उन्नति सहकार्य लघुवित्तको ३।५८ तथा समृद्धि फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here